२० असार २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसन किट वितरण गर्ने

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले होम आइसोलेसन किट प्याक गर्दै । तस्बिर: नागरिक

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट निःशुल्क उपलब्ध गराउने भएको छ । कोभिड–१९ संक्रमित बिरामीहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उक्त किट वितरण गर्न लागिएको हो । रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा खुवाइने छ ।  

‘होम आइसोलेसन किट’ ल्याइसकिएको र अब स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण गरिने स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए । पछिल्लो समय गाउँपालिकाभित्र कोरोनाको बिरामी थपिँदै गएकाले किट वितरण गर्न लागिएको हो । कोभिड–१९ का जटिल बिरामी बाहेक अन्यलाई घरमा नै राखिने भएकाले किट आवश्यक रहेको उनको भनाइ छ ।  

शाखाका अनुसार बिरामीलाई १० थान पेपर मास्क, सय एमएलको सेनिटाइजर, डिजिटल थर्मामिटर, जिंक, भिटामिन सि, भिटामिन डि थ्रि, भिटामिन इ, बि–कमप्लेक्स, क्यालसिएम, पारासिटामोल र लेभोसिट्रिजिन उपलब्ध गराइने छ । कोरोनाको पहिलो लहर चलेको समयमा संस्थागत आइसोलेसनमा राखिने गरिएकोमा अहिले बिरामीलाई होम आइसोलेसनमा राखिएको  छ ।  

यो गाउँपालिकामा हालसम्म ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ३८ वटा एन्टिजेन परीक्षण गर्दा १४ र ४ सय ९० आरटि–पिसिआर गर्दा ५५ जनामा कोरोना पुष्टि भएकोमा ५० जना निको भएका छन् । गाउँपालिकामा अहिले १८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित: २ जेष्ठ २०७८ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App