२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना बाँके: १२ घण्टाभित्र तीन संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शब व्यवस्थापन गरिदै। तस्बिर:नागरिक

पछिल्लो १२ घण्टाभित्रमा कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ४५ वर्षीया महिलाको मृत्यु भएको हो। कोहलपुर नगरपालिका ५ निवासी उनलाई शनिबार कोरोना पोजेटिभ देखिएको थियो। उनी आइतबार अस्पताल भर्ना भएकोमा सोमबार(आज) बिहान ७ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।  

यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत खजुरा गाउँपालिका ८ निवासी ५२ वर्र्षीया महिलाको मृत्यु भएको हो। कोरोना पोजेटिभ भएपछि बैशाख ११ गते भर्ना भएकी उनको मेडिकल कलेजमा मृत्यु भएको हो। यसैगरी नेपालगन्ज मेडिकल कलेजमा ३९ बर्षिया महिलाको मृत्यु भएको छ। दाङ, बबई गाउँपालिका वडा नम्बर ४ निवासी महिलाको आइतबार बेलुकी साढे ६ बजेतिर मृत्यु भएको हो। 

नेपालगन्ज मेडिकल कलेजमा आइतबार पिसिआर जाँच पोजेटिभ आएपछि सोहि दिन भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि उनको अस्पतालमै मृत्यु भएको केन्द्रले जनाएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुने बाँकेको संख्या ८७ र बाहिरी जिल्लाको मृतक संख्या १ सय ४ पुगेको फोकल पर्सन ओलीले जानकारी दिए।  

प्रकाशित: १३ वैशाख २०७८ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App