१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

टेकु अस्पतालबाट दुई कोरोना संक्रमित भागेपछि तनाव

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना हुन गएका दुई जना कोरोना संक्रमित भागेका छन् ।  

घटना विवरणअनुसार बुधबार दिउँसै पुगेका दुई भारतीय संक्रमित भन्नेबित्तिकै शैय्या नपाएकाे भन्दै  साँझपख भागेका हुन् । ‘शैय्या व्यवस्थापनको तयारी हुँदै थियो, साँझपख भागेछन्,’ अस्पतालका एक चिकित्सकले भने ।  

उनीहरू भागेको जानकारी पाएपछि अस्पालका चिकित्सक दिनभरि खोजीमा लागे । यसबारे अस्पतालले राष्ट्रिय इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई पनि जानकारी गराइसकेको छ ।

 ‘भागेपछि उनीहरूबाट अरू धेरै जनालाई कोरोना सर्ने भएकाले यो जोखिमको विषय हो,’ एक चिकित्सकले भने ।  

हराएका दुवै जनालाई महाशाखा सर्भिलेन्स शाखाले डिएसए (फोनको नक्स अनुसार व्यक्ति पत्ता लगाउने) विधिअनुसार खोजी भइरहेको एक अधिकारीले नागरिकलाई जानकारी दिएका छन् ।  

प्रकाशित: २२ श्रावण २०७७ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App