१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

संक्रमित क्षेत्रमा सोडियम हाईपोक्लोराइड छर्किइयो

हलेसीबजारमा सोडियम हाईपोक्लोराइड ट्याक्टरमा राखेर छर्कने तयारी गरिँदै। तस्बिर:नागरिक

कोरोना भाइरसबाट संक्रमित युवा भेटिएसँगै खोटाङको हलेसीबजारमा जिवाणुनाशक रसायन छर्किइएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पूष्टि भएपछि संक्रमित क्षेत्र हलेसी बजारमा मंगलबार राती सोडियम हाईपोक्लोराइड स्प्रे गरिएको मेयर इवन राईले बताए। काठ्माण्डौंबाट बैसाख १२ गते घर आएका युवालाई गत सोमबार साँझ कोरोना संक्रमण भएको पूष्टी भएपछि सोडियम हाईपोक्लोराइडको १० केजी पाउडर ल्याएर प्रतिकेजी सय लिटर पानी घोलेर बजार क्षेत्रमा स्प्रे गरिएको नगरपालिकाले जनाएको छ।  

ड्रममा घोलिएको सोडियम हाईपोक्लोराइडको घोललाई ट्याक्टरमा हालेर संक्रमित क्षेत्र, बढि चहलपहल हुने क्षेत्र, घना वस्ती भएको क्षेत्रमा छर्किइएको हो। हरेक वस्तुको सतहमा रहेका जिवाणु, भाइरस तथा व्याक्टेरिया नाश गर्नका लागि बाईक धुने पम्म प्रयोग गरेर सोडियम हाईपोक्लोराइड स्प्रे गरिएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए। सोडियम हाईपोक्लोराइडले मानव स्वास्थ्यमा अशर पु-याउने भएकाले राती ८ बजेपछि छर्किइएको नगरपालिकाले जनाएको छ।

 ‘वाहिरी वातावरणमा भएका सवै खाले जिवाणु नाश गरेर निर्मलीकरणका लागि डाक्टरसँग परामर्श गरेर सोडियम हाईपोक्लोराइड छर्केका हौँ,’ पोखरेलले भने, ‘पहिला सूचना जारी ग-यौँ, बजारबासी खानपिन गरेर सुतिसकेपछि सोडियम हाईपोक्लोराइड स्प्रे गरिएको हो। संक्रमण कम गर्ने हाम्रो लक्ष्य हो।’  

प्रकाशित: ७ जेष्ठ २०७७ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App