९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसनमा अपनाउनु पर्ने ९ नियम

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न विश्वभरिकै मानिसलाई सामाजिक दूरी (सोसियल डिस्ट्यान्सिङ) र घरमा अलग्गै (सेल्फआइसोलेसन) मा बस्न भनिएको छ । यो धेरैकालागि चुनौतीपूर्ण छ ।सेल्फआइसोलेसनका कारण व्यक्ति उदासपन र एक्लोपन महसुस गरिरहेका छन् । लकडाउनका कारण मानिसको सामाजिक व्यवहार पनि परिवर्तन भएको छ । केही साताअगाडि लन्डनमा भएको एक अनुसन्धान अनुसार न्युज साइट र सोसियल मिडिया हेर्ने र प्रयोग गर्ने व्यक्ति ४६ प्रतिशत बढेका छन् । विभिन्न किसिमका समाचारले मानिसको सोच्ने र महसुस गर्ने तरिकामा फरक पर्न थालेको छ । सेल्फ आइसोलेसनमा रहेका व्यक्तिलाई यसको प्रभाव अझ बढिपरिरहेको छ । 

जव व्यक्ति एक्लै हुन्छ, तब उसले अधिकांश समय आफैंसँग संवाद गरिरहेको हुन्छ । सेल्फ टक अर्थात् स्वसंवाद, संवादको शक्तिशाली स्वरूप हो । स्वसंवाद तपाईंको भित्री आवाज हो । हामी के सोचिरहेका छौं, त्यही हाम्रो धारणा बन्छ । हाम्रो दिमागमा १ दिनमा हजारौं विचार चलिरहेका हुन्छन् । ती विचार विभिन्न कारणले उत्पन्न भएका हुन्छन् । जस्तैः स्वास्थ्य अवस्था, आर्थिक अवस्था, सामाजिक प्रतिष्ठा, पारिवारिक सम्बन्ध, खुसी, तनाव आदि इत्यादि। 

अहिले विश्वभर मानिसलाई २ कारणले बढी प्रभाव पारिरहेका छन् ।पहिलो हो– स्वास्थ्य, कसरी कोभिड–१९ बाट बच्ने अथवा मुत्तिः पाउने? दोस्रो हो–आर्थिक अवस्था, कसरी आजको भोक मेटाउने भन्ने वर्गदेखि अर्बौं नोक्सानी बेहोरेका मानिस ।

मदर टेरेसाले भनेकी छन्– हामी शारीरिक रोगलाई औषधिले निको गर्न सक्छौं, तर एक्लोपन र निराशालाई मायाले मात्र निको पार्न सक्छौं ।

विश्वका अधिकतर मानिसअहिले लकडाउनमा छन् र तीमध्ये धेरै जना सेल्फ आइसोलेसनमा छन् । सेल्फ आइसोलेसनमा रहेका बेला तपाईं कसरी संवाद गरिरहनुभएको छ ? सकारात्मक कि नकारात्मक? सकारात्मक स्व–संवाद गरिरहनुभएको छ भने तपाइ आफूलाई सशक्त पार्न सक्नुहुन्छ । नकारात्मक स्वसंवाद गरिरहनुभएको छ भने तपाईंले आफूले आफूलाई धोका दिइरहनु भएको पनि हुन सक्छ । तपाइले बारम्बार नकारात्मक सन्देश दोहो्याइरहनु भयो भने नकारात्मक भावना पैदा हुन्छ र प्रतिक्रियास्वरूप त्यही बाहिर आउन थाल्छ र त्यस्तै हुन थाल्छ । 

तर सकारात्मक स्वसंवाद दोहो्याइरहनुभयो भने त्यस्तै भावना बन्छ र शरीरले त्यस्तै प्रतिक्रिया दिन थाल्छ । मानौं, तपाईं कोभिड–१९ पोजिटिभ हुुनु हुन्छ र अस्पतालको बेडमा हुनुहुन्छ भने पूरा दिन सकारात्मक विचार दोहो-याइरहनुहोस्: म छिट्टै स्वस्थभइरहेको छु । मेरो रोग\प्रतिरोधात्मक क्षमता अझ मजबुत बन्दै गइरहेको छ । मलाईं सबैले माया, हौसला र प्रेरणा दिइरहनुभएको छ । मेरो शरीरले छिट्टै भाइरसलाई परास्त गर्नेछ । मेरो रिपोर्ट केही दिनमै नेगेटिभ आउनेछ । म स्वस्थभएर केहीदिनमै घर फर्कनेछु । 

सकारात्मक स्वसंवादले आत्मविश्वास बढाउँछ । शक्ति बढाउँछ । आशावादी बनाउँछ । मुहारमा खुसी र उत्साह थप्छ र कुनै पनि खराब अवस्थाबाट छिट्टै बाहिर आउन मद्दत गर्छ । अहिले तपाईं, जो सेल्फ आइसोलेसनमा हुनुहुन्छ,तपाईंको सकारात्मक मानसिक अवस्थाले तपाईंलाई यस विषम परिस्थिती सामना गर्न हिम्मत दिनेछ । जबतपाइको दिमागले राम्रो महसुस गर्न थाल्छ,तब परिणाम पनि सकरात्मक आउन थाल्छ । 

स्वसंवाद, लकडाउनका कारण घरमै रहेका  र विशेषगरी सेल्फआइसोलेसनमा बसेका व्यक्तिका लागि महत्वपूर्ण छ । जो अरूसँग समय बिताउन पाइरहेका छैनन् ।यो अवस्थाअझ केहीदिन, हप्ताअर्थात महिनासम्मपनि रहन सक्दछ । तसर्थयो समयमा तनाव, चिन्ता नलिई सकरात्मकस्व संवाद बढाउन आवश्यक छ । 
सकारात्मक स्वसंवाद कसरी बढाउने ?
१. आफूसँग कृतज्ञ बन्नुहोस्।
२. आफूमाविश्वास गर्नुहोस्।
३. नकारात्मक विचार दिमागमा आउने बित्तिकैै सकारात्मक विचार ल्याइहाल्नुहोस् ।
४.अरूसँग सकारात्मक शब्दको प्रयोग गर्नुहोस् ।
५.अरूलाई सहयोग गर्नुहोस्।
६. समाचार र सोसियल मिडियाको प्रयोगलाई सीमित गर्नुहोस् ।
७.सन्तुलित भोजन गर्नुहोस्।
८.शारीरिक र मानसिक अभ्यास गर्नुहोस् ।
९. र, निम्नसकारात्मक कुरा दोहो-याइरहनुहोस्ः 
–म विजेताहुँ।
–म खुसी र कृतज्ञ छु।
–म आफूमागर्व गर्छु।
–म जस्तोसुकै परिस्थितिसामना गर्न सक्छु।
–म यो अवस्थाबाट छिट्टै बाहिर आउने छु।
–म पुनःआफ्नो काममा सफलता प्राप्त गर्नेछु।
–म आफूलाईधेरै माया गर्छु,किनकि जीवन अमूल्य छ ।
मदर टेरेसाले भनेकी छन्– हामी शारीरिक रोगलाई औषधिले निको गर्न सक्छौं, तर एक्लोपन र निराशालाई मायाले मात्रनिको पार्न सक्छौं । 

यो विश्वव्यापीमहामारीमा आफूलाई एक्लो र निराश नबनाउनुहोस् । आफूलाई माया गर्नुहोस् । आफ्नो जीवन मूल्यवान् ठान्नुहोस्  । महसुस गर्नुहोस त– लकडाउनका कारण तपाईंले आफू र आफ्नो परिवारलाई कति समय दिनसक्नुभयो । धेरै वर्षदेखि पूरा गर्न नसकेका रुचिकाकाम, इच्छा पूरा गर्नपाउनुभयो । स्वच्छ हावामा सास फेर्न पाउनुभयो ।  सेल्फ आइसोलेसनले तपाईंलेआफूभित्रको ‘म’चिन्न सक्नुभयो होला । तसर्थ लकडाउन अवधिभर घरमै रहँदा, सेल्फआइसोलेसनमा रहँदा सकारात्मक स्वसंवाद गर्नुहोस् । जसकाकारण तपाईंको जीवनमा महत्वपूर्ण परिणाम प्राप्तहुनेछ । कोरोनाभाइरसको अन्त्यपछि हामीसबैको जीवनमापुनःचम्किलो रोशनी छाउनेछ । 
सुरक्षित रहौं । खुसी रहौं । 
(प्रमुख, नेपाल आन्ट्रपे्रनसिपएजुकेसन फाउन्डेसन))

प्रकाशित: १९ वैशाख २०७७ ११:०८ शुक्रबार

काेराेना_भाइसर आइसोलेसन