४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

१५ जनाको आरडिटि रिपोर्ट ‘नेगेटिभ’

खोटाङ– खोटाङको साकेला गाउँपालिकाका १५ जनाको नोबेल कोरोना भाइरस (कोभिड–१९)को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत यता विभिन्न देशबाट घर फर्किएपछि क्वारेन्टीन र होम क्वारेन्टीनमा राखिएका साकेला गाउँपालिकाका सबै जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

कोरोना भाइरसको संक्रमण भए/भएको यकिन गर्नका लागि बुधबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा दुई नगरपालिकाका सबै जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको हो । रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर घर फर्किएपछि क्वारेन्टीन र होम क्वारेन्टीनमा राखिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि जिल्लामा बैसाख ३ गतेदेखि सम्बन्धित पालिकामै पुगेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो ।

जिल्लाका अधिकांश गाउँपालिकामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट ‘नेगेटिभ’ आएको प्रजिअ पौडेलले बताए । हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जना, केपीलासगढी गाउँपालिकाका ५ जना, ऐसेलुखर्क गाउँपालिकाका ५ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ८ जना, खोटेहाङ गाउँपालिकाका २६ जना, जन्तेढुंगा गाउँपालिकाका २० जना र बराहपोखरी गाउँपालिकाका १ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट रिपोर्ट ‘नेगेटिभ’ आएको थियो । ‘नेगेटिभ’ रिपोर्ट देखिए पनि १० प्रतिशतको नमूना संकलन गरेर परीक्षणका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताए ।

पाँच जनाको पिसिआर रिपोर्ट पनि ‘नेगेटिभ’
हलेसी तुवाचुङ नगरपालिकाबाट पिसिआर टेष्टका लागि पठाइएको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । आरडिटि टेष्टसँगै पिसिआर टेष्टका लागि पठाइएको पाँच जनाको नमूनाको रिपोर्ट ‘नेगेटिभ’ आएको नगरपालिकाका स्वास्थ्य सह–संयोजक प्रकाश घिमिरेले बताए । दुर्छिमस्थित स्वास्थ्य चौकीको क्वारेन्टिनमा राखिएका एक जनाको, स्वास्थ्य चौकी महादेवस्थानमा बनाइएको क्वारेन्टीनमा राखिएका एक जना तथा चैत यता विदेशबाट फर्किएका तीन जना सहित पाँच जनाको पिसिआर टेष्टका लागि नमूना संकलन गरेर पठाइएको थियो ।

रावाबेँसी गाउँपालिकाका ५ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न बाँकी छ । यस्तै, जन्तेढुंगा गाउँपालिकामा दुई जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न छुटको जानकारी आएको प्रजिअ पौडेलले बताए ।

प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण भए/नभएको परीक्षण गर्ने १२० वटा किट पठाएपछि विदेशबाट फर्किएका व्यक्तिको ¥यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो । यसअघि, कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैत यता घर आएका व्यक्तिको मात्र र्‍यापिड डाइग्नोस्टिक टेष्ट सुरु गरिएको हो । उनीहरु अधिकांशलाई होम क्वारेन्टीनमै राखिएका छन् ।

प्रकाशित: ११ वैशाख २०७७ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App