पाँचथर– जिल्लाको कोशी अञ्चल अस्पताल विराटनगरमा ११ जनाको नमुना परीक्षण गर्दा कोरोना (कोभिड–१९) नेगेटिभ देखाएको छ। र्यापिड डायग्नोष्टिक टेष्ट (आरडी) का क्रममा स्वाब संकलन गरि थप परीक्षणका लागि नमूना पठाइएका ११ जनामानै कोरोना नदेखिएको हो।
र्यापीड टेष्टका क्रममा पनि उनीहरूको रिर्पोट नेगेटिभ आएको थियो। पिसिआर रिर्पोट पनि नेगेटिभ देखिएको हो। यस अघि पिसिआर परीक्षणमा जिल्लाका ९ जनाको रिर्पोट नेगेटिभ आएको थियो। जिल्लामा हालसम्म १ सय ४० जनाको र्यापीड टेष्ट भईसकेको छ। उनीहरू सबैको रिर्पोट नेगेटिभ छ। क्वारेन्टाइनमा रहेकाको रिर्पोट नेगेटिभ आएपछि जनप्रतिनिधि र स्वास्थ्य स्वयमसेवीकाको निगरानीमा होम क्वारेन्टाईनमा पठाइएने भएको छ।
प्रकाशित: ३ वैशाख २०७७ १२:५२ बुधबार