४ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

विपद व्यवस्थापन कोषमा होटल व्यवसायीको सहयोग

खोटाङ – जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाका होटल व्यवसायीले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरिदिएका छन्। कोरोना भाइरस निवारणका लागि सचेतनामुलक गतिविधि सञ्चालन गर्न, आवश्यक जनशक्ती परिचालन गर्न, उद्धार तथा सहयोगका सामग्री जुटाउने लगायतका प्रयोजनका लागि हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको नगरस्तरिय विपद व्यवस्थापन कोषमा २५ हजार रूपैयाँ जम्मा गरेका हुन्।

त्रि–धार्मिक स्थल हलेसी आसपासमा होटल व्यवसाय सञ्चालन गर्दैआएका होटल व्यवसायी सम्मिलित होटल व्यवसायी संघले कोरोनालाई लक्ष्यीत गर्दै स्थापना गरिएको कोषमा रकम जम्मा गरेको हलेसी तुवाचुङ नगरपालिकाकाका मेयर इवन राईले बताए। 

कोरोना भाइरसबाट ‘बच्ने र बचाउने’ अभियानका लागि आवश्यक सहयोग जुटाउन नगरपालिकाले नगरस्तरीय विपद व्यवस्थापन कोषको नाममा माछापुच्छे«  बैंकको हलेसी शाखामा ७७०१५२४६५०९१७०६३ नम्बरको खाता खोलेको छ। विपद व्यवस्थापन कोषमा यसअघि कांग्रेसका महाधिबेसन प्रतिनिधि जितेन्द्र ठकुरीले २५ हजार रकम जम्मा गरिदिएका थिए। नगरपालिकाले नगरस्तरिय विपद व्यवस्थापन कोषमा सहयोगका लागि आव्हान गरेको केही समयपछि सहयोग रकम जुट्न थालेको हो। 

प्रकाशित: ३ वैशाख २०७७ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App