४ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

भोलि विहान ८ बजे राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्। उनले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरेका हुन्। ग्लोबल कम्प्याक्टले नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको थियो।

संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट,  नेपालले गरेको आग्रहमा कोट ट्विट गर्दै उनले यसमा आफ्नो पनि समर्थन रहेको बताएका छन्। ग्लोबल कम्प्याक्टसँगै रेडियो नागरिक ९६.५ यो अभियानको लागि आग्रह गरेको थियो। भोलि विहान ८ बजे रेडियो नागरिक ९६.५ मा पनि राष्ट्रिय गान बज्ने छ।

"Play the National Anthem! राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!" ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु।" उनले भनेका छन्।

 

"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB

— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020

 

प्रकाशित: ३० चैत्र २०७६ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App