१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

ओखलढुंगाका ४ जनाको रिपोर्ट पनि नेगेटिभ

ओखलढुंगा- कोरोना परीक्षणका लागि ओखलढुंगाबाट धरान पठाइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ।  जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसनमा रहेका ४ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

बैदेशिक रोजगारीबाट दुई हप्ताअघि फर्किएका चिशंखुगढी गाउँपालिकाका दुई र मोलुङ गाउँपालिकाका दुई जनाको स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाइएको थियो।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीका अनुसार कतार तथा अन्य मुलुकबाट फर्किएका उनीहरुको दुई हप्ता बितिसकेको भएपनि परीक्षण अनिवार्य भएकाले स्वाब संकलन गरी धरान पठाइएको थियो। गत सोमबार पहिलोपटक पठाइएको नमुना स्वाबमा प्राविधिक मापदण्ड नपुगेपछि पुनः बिहीबार परीक्षणका लागी पठाइएको थियो। शनिबार उनीहरुको रिपोर्ट आएको प्रमुख तिवारीले बताए।

परीक्षण रिपोर्ट नेगेटिभ आएपछि रुम्जाटार आस्पतालको आइसोलेसनबाट उनीहरु घर फर्किएका छन्। उनीहरुलाई घरमा गएर केही हप्ता होम क्वारेन्टाइनमा अनिवार्य बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। यसअघि भारतबाट आएका दुई युवतीको पनि कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिपार्ट नेगेटिभ आएको थियो। हालसम्म जिल्लाका ६ जनाको स्वाब परीक्षण गरिएको छ।  

प्रकाशित: ३० चैत्र २०७६ ०८:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App