२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पाँचथरमा र्‍यापिड टेष्ट सुरु

पाँचथर– १ नम्बर प्रदेश सरकारले सुरु गरेको र्‍यापिड टेष्ट पाँचथरमा शनिबारबाट सुरु भएको छ। राँके बजारमा फाल्गुनन्द गाँउपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएकाहरुको शनिबार दिउँसो  टेष्ट गरिएको हो। क्वारेन्टाइनमा रहेका आठै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ।

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार चैत १ गतेदेखि जिल्लामा विदेशबाट आएकाहरुको र्‍यापिड टेष्ट हुने छ। विराटनगरबाट तीन जनाको प्राविधक टोली र जिल्लाकै एक जना प्राविधिकको टोलीले टेष्ट थालेका हुन। आइतबार र सोमबारमा जिल्लामा रहेका आठै क्वारेन्टाइनमा रहेका विदेशबाट आएकाहरु, उनका परिवार तथा शंकास्पदहरुको कोरोना परीक्षण गरिने मन्त्री आङ्बोले जानकारी दिए।

अहिले जिल्लामा क्वारेन्टाइनमा ६० मा विदेशबाट आएकाहरु छन्। थप ८ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन्। २ सय वटा किट लिएर टोली र्‍यापिड परीक्षण गर्न लागिएको हो। शंकास्पदको नमुना थप परीक्षणका लागि लैजाने तयारी छ। प्रदेशका १ मा विपि मेमोरीयल अस्पताल धरानका साथै कोशि अस्पतालमा पनि कोरोना परीक्षण हुन थालेको छ। प्रदेश सरकारले यो हप्तामा ५ हजारको परीक्षण गर्ने लक्ष्य रहेको मन्त्री आङ्बोले जानकारी दिए।

चैत १ गतेदेखि विदेशबाट आएका र उनीहरुको परिवारको परीक्षण गर्ने गरी तयारी भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि सिद्धराज न्यौपानेले जानकारी दिए। नेगेटिभ देखिएकालाई सात दिनका लागि होम क्वारेन्टाइनमा राखिने तयारी भएको छ।

प्रकाशित: २९ चैत्र २०७६ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App