१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

नर्सिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

नर्सिङ तथा मिडवाइफरी शिक्षा, नीति तथा अभ्यास विषयमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबारदेखि काठमाडौमा सुरु हुने भएको छ।

महाराजगन्ज नर्सिङ क्याम्पसको आयोजनामा शुक्रबार र शनिबार सम्मेलन हुन लागेको हो।

‘र्निर्सङ तथा मिड्वाइफरी शिक्षा, नीति तथा अभ्यासमा नविनताको खोजी’ नाम गरेको यो दुई दिने सम्मेलनमा नेपाल र अन्य देशका नर्सिङ विषयका प्राज्ञ, विद्यार्थी, प्रशासक, क्लिनिकल अभ्यासकर्ता, नीतिनिर्माता, स्वास्थ्य पेशामा संलग्न पेशाकर्मी सहित लगभग २७५ जना सहभागी हुनेछन्।

काठमाडौ स्थित चप्पल कारखानामा रहेको स्मार्ट दरबार ब्यान्क्वेटमा हुन लागेको यो सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्य, नवजात शिशु तथा बालस्वास्थ्यमा प्रमाणमा आधारित अभ्यास, मिडवाइफरीमा व्यावसायिकता, बाल तथा किशोर स्वास्थ्यमा प्रगति, विद्यालय स्वास्थ्य र स्वास्थ्य प्रवर्धन, सरुवा र नसर्ने रोग, मानसिक स्वास्थ्य, र लागु पदार्थ प्रयोग लगायतका विषयमा प्रस्तुती तथा छलफल हुनेछन्।

यसैगरी सम्मेलनमा सहभागीहरूले नर्सिङ र मिडवाइफरी विषयमा हालसालै गरिएका अनुसन्धानमुलक तथा समिक्षात्मक लेखहरू, बिभिन्न केस स्टडीहरू, विद्यमान नीति तथा अभ्यासका समिक्षात्मक अध्ययनहरु लगायतका अन्य केयन बिषयमा जानकारी तथा  छलफल हुने छ।  

सम्मेलनमा ‘नर्सिङ अभ्यासको आगामी  भविश्य र व्यवसायिक उन्नति’, ‘स्वास्थ्य र स्वास्थ्य सेवामा समानताको लक्ष्य हासिल गर्न नर्स र मिडवाइफको भूमिका’, ‘नीति सुचित अनुसन्धानमा नर्सिङ व्यवशायी’, ‘नेपालमा नर्सिङ टास्क फोर्स व्यवस्थापन नीति मोडेल’, ‘नर्सिङ र मिडवाइफरी सेवा र स्वास्थ्य सेवा परिणामको अर्थव्यवस्थॉ जस्ता विषयमा मुख्य प्रस्तुति समेत हुने छ। 

प्रकाशित: २७ भाद्र २०८१ १५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App