९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा

सुर्खेत प्रादेशिक अस्पतालमा विस्तारित क्यान्सर उपचार सेवा सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरेपछि सुर्खेतमा समेत क्यान्सर उपचार सुरु हुने भएको हो।

मंगलबार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल तथा सुर्खेत प्रादेशिक अस्पतालका तर्फबाट निर्देशक डम्बर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा बिपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख छ। 

सुर्खेत प्रादेशिक अस्पतालले भने आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने सम्झौतामा छ। यसअघि यस्तो सेवाका लागि कोशी प्रदेश अस्पतालसँग समेत बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट सम्झौता भइसकेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत असार ३१ गते पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेको रणनीतिमा सातवटै प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। 

त्यसलगत्तै गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकता सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने घोषणा गरेका थिए।

प्रकाशित: १९ भाद्र २०८१ ०७:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App