६ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा उपचाररत सबै घाइते खतरामुक्त

बाँकेमा उपचाररत भूकम्प प्रभावित सबै घाइते खतरामुक्त रहेका छन् । जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ गरी ३८ जना घाइतेको उपचार भइरहेको छ ।  

भेरी अस्पतालमा घाइते ५ जनाको सफल शल्यक्रिया गरिएको छ । घाइते सबैको अवस्था सुधार उन्मुख र खतरामुक्त रहेको फोकल पर्सन श्रेष्ठले बताए ।  

भूकम्पमा परी घाइते भएका मध्ये थप ६ जनालाई शनिबार राती १२ः५० बजेतिर एम्बुलेन्समार्फत उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । भेरी नगरपालिका जाजरकोटका २ र रुकुम सानीभेरीका ४ जनालाई ल्याइएको हो । त्यसअघि ३२ जना घाइतेको शनिबार दिउँसोदेखी नै उपचार हुँदै आएको थियो ।

प्रकाशित: १९ कार्तिक २०८० ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App