१३ असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

हेरल्ड कलेजका ४ सय ८१ विद्यार्थी दीक्षित

हेरल्ड कलेजको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त समारोह सम्पन्न भएकोहो।

समारोहमा सन् २०१९/२० मा स्नातक तह उत्तीर्ण बिएस्सी हन्स कम्प्युटर साइन्सका १ सय ६० र २०२०/२१ का २ सय ४९, सन् २०१९/२० बिएस्सी हन्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टका २६ र सन् २०२०/२१ ४६ गरी कुल ४ सय ८१ विद्यार्थीहरू दीक्षित भएका छन्।

आइएनजी ग्रुप अन्तर्गत पर्ने हेरल्ड कलेज बेलायतको विश्वविद्यालय युनिभर्सिटी अफ वुल्भरह्याम्पटन, युकेबाट सम्बन्धन प्राप्त कलेज हो। दीक्षान्त समारोहमा युनिभर्सिटी अफ वुल्भरह्याम्पटन विश्वविद्यालयका प्रो भाइस चान्सलर टिम स्टिलले दीक्षित विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेका थिए।

प्रकाशित: ९ श्रावण २०७९ ०४:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App