१२ आश्विन २०८१ शनिबार
image/svg+xml
शिक्षा

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै, प्रधानमन्त्री देउवा जाने

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुँदैछन्। आगामी शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कुलपति शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहने छ। समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो.एसके जोशी पनि जाने बताइएको छ।

त्यसैगरी सो समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुनेछन्। विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले दोस्रो दीक्षान्त समारोह विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुने बताए। 

प्रकाशित: १ असार २०७९ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App