१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियारलाई घुससहित रंगेहात पक्राउ गरेको छ। 

रौनियारद्वयले प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग ८ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले रौनियारद्वयलाई घुस रकमसहित धरानस्थित कार्यालय परिसरको उपकुलपतिको निवासबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बताए। 

प्रकाशित: २६ असार २०७६ १५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App