२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
शिक्षा

अन्तर्राष्ट्रिय स्तरको एआई पाठशाला सुरु हुँदै

काठमाडौं – नेपाल अप्लाइड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स इन्स्टिच्यूट अफ रिसर्च, (नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ।

नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशबाट आएका १२० जना प्रशिक्षार्थीले उक्त पाठशालामा सहभागिता जनाइरहेका छन्। पाठशालामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने बताइएको छ।

उक्त ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका ब्यक्तित्वहरू सहभागी छन्।

पाठशालामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, ब्यवस्थापकिय, स्वास्थ्य लगायतका समस्याको समाधानमा एआइलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिनेछ।

एनसेलको प्रायोजनमा काठमाडौं नयाँ बजार, खुशीबुँमा रहेको प्राईम कलेजमा सञ्चालन भइरहेको पाठशाला यही डिसेम्बर २० तारिखदेखि ११ दिनसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १० पुस २०७५ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App