४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला चार सय रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार रुपैयाँ तोकिएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार नौ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला १० रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ।महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ।

प्रकाशित: १ मंसिर २०७९ ०६:३२ बिहीबार

सुनचाँदी