सिटिजन्स बैंकले आफ्ना सेवा डिजिटलाइज्ड गर्ने क्रममा वेबसाइटमार्फत ‘सिटिजन्स साथीको’ (च्याटबट सेवा) सुरुवात गरेको छ। अब ग्राहकले कुनै पनि बैंकिङ सेवा अनुरोध गर्दा सिधै च्याटबट सेवामार्फत गर्नसक्ने र बैंकिङ सेवासम्बन्धी जिज्ञासाका लागि बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन्।
यो सेवा ग्राहकमैत्री हुनुका साथै थप सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य हुने बैंकले जनाएको छ।
प्रकाशित: २४ कार्तिक २०७९ ०१:४७ बिहीबार