२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

जलस्रोत व्यवस्थापनमा सहकार्य

अष्ट्रेलिया सरकार परराष्ट्र तथा व्यापार मन्त्रालय र नेपाल सरकार परराष्ट्रमन्त्रालय बीचको द्विपक्षीय संयन्त्रको बैठक अष्ट्रेलियाको क्यानबेरामा मंगलबार सम्पन्न भएको छ।

बैठकको अवसरमा अष्ट्रेलियाली परराष्ट्रमन्त्रालयका सचिव जान एडम्सर नेपाल सरकारका जल तथा ऊर्जा आयोग सचिवालयका सचिव दिनेशकुमार घिमिरेले अष्ट्रेलिया–नेपाल जलस्रोत व्यवस्थापन सहकार्यको समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यस समझदारीपत्र अनुसार अष्ट्रेलियाले तालिम, प्राविधिक सहयोग र अन्तर्राष्ट्रिय रूपमा प्रख्यात जलस्रोत शासन विज्ञता बारेसहकार्य गर्नेछ।  

यसले हाल अष्ट्रेलियाले अन्तर्राष्ट्रिय एकीकृत पर्ततीय विकास केन्द्र (इसिमोड) सँग गरिरहेको नेपाल सरकारको दिगो पुनरुत्थान, वृद्धि र रोजगारी प्रबद्र्धनका लागि हरित, पुनरुत्थानशील र समावेशी विकास (ग्रीड) तर्फको प्रस्थान लक्ष्य अनुरूप, सीमापार जलाधार क्षेत्र व्यवस्थापन, जलवायु क्रियाकलापको स्थानीयकरण, हरित जीविकोपार्जन प्रबद्र्धनकार्यलार्ई पनि सघाउने छ।

प्रकाशित: १६ भाद्र २०७९ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App