४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा १० अंकको सुधार, साढे २ अर्बको कारोबार

फाइल तस्बिर

गत साताभरको कारोबारबाट २६ अंकले घटेको सेयर बजारमा आइतबार सामान्य सुधार आएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबारको कारोबारबाट परिसूचक १०.२७ अंकले बढेर २१२३.८२ बिन्दुमा पुगेको छ। यो ०.४९ प्रतिशतको वृद्धि हो। कारोबार रकम भने साढे २ अर्ब माथि पुगेको छ।

एक्सचेन्जका अनुसार २१०९ बिन्दुबाट सुरु भएको बजार तत्कालै २४ अंक बढेर २१३३ बिन्दुसम्म पुगेको थियो। त्यसपछि दिनभर नै कारोबार तलमाथि गरिरहेको थियो। दिउँसो एक बजेतिर परिसूचक फेरि घटेर २१०८ बिन्दुसम्म झरेको थियो। बजार बन्द हुने समयमा भने २१२३ बिन्दुमा परिसूचक रोकिएको हो।

एक्सचेन्जका अनुसार आइतबार नेप्सेका अतिरिक्त प्रमुख तीन सूचक सबै बढेका छन्। सेन्सेटिभ सूचक ३.१० अंकले बढेको छ। फ्लोट ०.४७ र सेन्सेटिभ फ्लोट १ अंकले बढेका छन्। प्रतिशतका आधारमा हेर्दा सबैभन्दा बढी प्रतिशतले सेन्सेटिभ सूचक ०.७६ ले बढेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचक मध्ये १२ बढेका छन् भने जीवन बिमा उपसूचक घटेको छ। जीवन बिमा ४.५५ अंकले घटेको छ। कारोबारमा सुधार आउने १२ उपसूचकमध्ये कुनै पनि उपसूचक एक सय अंकले बढ्न सकेको छैन्। यस्तै ५० अंक भन्दा बढीले कारोबार बढ्नेमा होटल तथा पर्यटन र विकास बैंक छन्। यी दुवै उपसूचक क्रमशः ६० र ५२ अंकले बढेका हुन्। यस्तै व्यापार ४७, फाइनान्स ३२, जलविद्युत् २६ र अन्य उपसूचक २२ अंकले बढेका छन्। कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरैले व्यापार उपसूचक परेको छ।

यो २.१९ प्रतिशतले बढेको हो। सबैभन्दा कम निर्जीवन बिमा उपसूचक ०.०१ प्रतिशतले बढेकोे छ। एक्सचेन्जका अनुसार आइतबार प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढ्ने कम्पनीमा मनकामना लघुवित्त परेको छ। यसको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै ९ प्रतिशत भन्दा माथिले प्रतिसेयर मूल्य बढ्ने कम्पनीमा तेह्रथुम पावर र उपकार लघुवित्त परेका छन्। कारोबार भएका कम्पनीहरूमध्ये सबैभन्दा धेरैले प्रतिसेयर मूल्य घट्ने कम्पनीमा नयाँ सारथी लघुवित्त परेको छ। यसको सेयर मूल्य ३.४८ प्रतिशतले घटेको हो। यस्तै सामलिङ पावर ३.४३ र ग्रामीण लघुवित्त ३.३८ प्रतिशतले घटेका छन्।

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार शिवम् सिमेन्टको भएको छ। यसको १३ करोड ८९ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै नविल बैंकको १२ करोड ७३ लाख र फरवार्ड माइक्रो फाइनान्सको ९ करोड ९२ लाख रूपैयाँको कारोबार भएको छ।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर एनसीसी बैंकको सेयर भएको छ। यसका १ लाख ९६ हजार ३ सय ४८ कित्ता सेयर बिक्री भएका हुन्। शिवम् सिमेन्टको १ लाख ७५ हजार २ सय ७६ कित्ता सेयर बिक्री भएको छ।

एक्सचेन्जका अनुसार आइतबार २१९ कम्पनीका ६१ लाख ६ हजार ५ सय २१ कित्ता सेयर बिक्री भएका छन्। यसका लागि २ अर्ब ६७ करोड ३३ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण ३० खर्ब ३० अर्ब रूपैयाँ पुगेको छ। 

प्रकाशित: २३ श्रावण २०७९ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App