५ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आज मौद्रिक नीति सार्वजनिक हुँदै

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। बैंकले एक सूचनामार्फत अपराह्न ४ बजे उक्त नीति सार्वजनिक गर्न लागिएको जनाएको हो। 

अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको तथा सरकारले चालु आर्थिक वर्षको बजेटमा लिएका नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर केन्द्रीय बैंकले नीति सार्वजनिक गर्न लागेको छ।

अनुत्पादक क्षेत्रमा गइरहेको कर्जा प्रवाहलाई रोक्ने तथा बैंकको ब्याजदर बढ्न नदिन के कस्ता औजार प्रयोग गर्नेजस्तो विषयमा मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था गर्न लागिएको छ। 

सरकारले चालु आवमा आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकाले त्यसलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने देखिएको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको उक्त नीतिका सम्बन्धमा बिहीबार साँझ अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताइएको छ।

प्रकाशित: ६ श्रावण २०७९ ०७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App