भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ। निगमले पठाएको मूल्यसूची अनुसार इन्धनको मूल्य घटेर आएको छ।
भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर आसपासमा झरेको छ।
प्रकाशित: १ श्रावण २०७९ ०८:२१ आइतबार