४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

श्रेष्ठ र शाहलाई परिसंघको सम्मान

नेपाल उद्योग परिसंघ पर्यटन समितिले पर्वतारोही एवं फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र कान्स फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल नेपाली चलचित्र निर्देशक, निर्माता अविनाश विक्रम शाहलाई सम्मान गरेको छ।

श्रेष्ठले हालै नेपालमा रहेका ८ हजार बढी उचाइका ७ वटा हिमालको सफल आरोहण तथा एकै सिजनमा तीन वटा हिमालको पनि सफल आरोण गरेकी थिइन्।

यस्तै पटकथा र सिर्जनशीलतामा विशेष कुशलता भएका चलचित्र निर्माता शाहले हालै फ्रान्समा सम्पन्न प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा लोरी चलचित्रमार्फत स्पेशल मेन्सन अवार्ड जितेका थिए।

परिसंघको उपाध्यक्ष तथा पर्यटन समिति सभापति राजबहादुर शाह, समिति सदस्य पम्फा धमला, परिसंघ महानिर्देशक दिपकराज जोशीले पर्वतारोही एवं फोटो पत्रकार श्रेष्ठ र चलचित्र निर्देशक, निर्माता शाहको प्रशंसा गरी सम्मान गरेका थिए। यस सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्न गएको परिसंघको विश्वास छ। 

प्रकाशित: ९ असार २०७९ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App