१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढ्यो

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै वायुसेवा कम्पनीहरूले प्रतियात्रा एक हजार २० रुपैयाँसम्म हवाई भाडा बढाएका छन्।

नेपाल वायुसेवा सञ्चालक संघ (एओएएन)का अनुसार विराटनगर–नेपालगञ्जको एकतर्फी टिकट एक हजार रुपैयाँभन्दा बढी महँगो भएको छ। हवाई भाडा प्रति यात्रा ८ हजार ९ सय १५ बाट बढेर ९ हजार ९ सय ३५ रुपैयाँ पुगेको छ।

सरकारी स्वामित्वको नेपाल आयल निगमले हवाई इन्धन (स्वदेशी) प्रतिलिटर १९ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने इन्धनमा प्रतिकिलोलिटर १०० अमेरिकी डलरले मूल्यवृद्धि गरेको छ। परिमार्जित मूल्यसँगै यी हवाई इन्धनको मूल्य अब क्रमशः प्रतिलिटर १८५ रुपैयाँ र अमेरिकी डलर १ हजार ६ सय ४५ प्रतिलिटर परेको छ।

एओएएनका अनुसार काठमाडौंबाट हिमाली उडानको भाडा ५ हजार ६ सय ९५ रुपैयाँ रहेकोमा अहिले प्रति उडान ६ हजार ३ सय ५० रुपैयाँ छ। त्यस्तै पोखरा–भद्रपुर रुटको हवाई भाडा प्रतियात्रा ६ हजार ७२० बाट बढेर ७ हजार ४९० पुगेको छ।

अहिले काठमाडौंबाट नेपालगन्ज, भैरहवा र पोखराको उडानको भाडा क्रमशः ६ हजार ३०, ३ हजार ८१० र २ हजार ९ सय ३५ रुपैयाँ छ। निगमले इन्धनको मूल्यवृद्धि गरेपछि स्थलमार्गका यातायात व्यवसायीले अन्तरप्रदेशीय यात्रु र मालबाहक यातायातको भाडा ५ दशमलव ३ प्रतिशतले अधिकतम ७ दशमलव ७ प्रतिशतसम्म बढाएका छन्।

प्रकाशित: ६ असार २०७९ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App