२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

प्रसारण लाइनमा मान्छे चढेपछि त्रिशुली थ्री ए आयोजना बन्द

मानसिक सन्तुलन गुमाएका एक व्यक्ति प्रसारण लाइनको टावर हुँदै तारमा पुगेपछि ६० मेगावाट क्षमताको माथिल्लाे त्रिशुली थ्री ए जलविद्युत आयोजनाबाट उत्पादन बन्द भएको छ।

नुवाकोटको ककनी नगरपालिका ७ मा प्रसारण लाइनको तारमा बिहान १० बजेदेखि मानसिक सन्तुलन गुमाएका व्यक्ति चढेपछि आयोजना बन्द गरिएको हो।

त्रिशुली थ्री ए बन्द हुँदा अहिले प्राधिकरणलाई विद्युत व्यवस्थापनमा समस्या परेको जनाएकाे छ।

ककनी गाउँपालिका ७ मा रहेको पोलमा चढेर विद्युतीय तारमा पनि हिँडिरहेका बेलकोटगढी नगरपालिका १३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनलाई तल झार्न स्थानीय र प्रहरीहरूले प्रयास गरिरहेका छन्। तर, उनी तल झर्न मानेका छैनन्।

प्रकाशित: २८ जेष्ठ २०७९ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App