२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भरतपुरमा सुविधा सम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालनमा

चितवनमा सुविधा सम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण भएको छ। करिव ८ करोड लगानीमा महालक्ष्मी ट्रायल सेन्टर प्रालिले प्रशिक्षण केन्द्र निर्माण गरेको हो। भरतपुर महानगर वडा नम्वर ८ स्थित तीनतले चोकमा २ विघा ३ कट्ठा जग्गामा प्रशिक्षण केन्द्र बनाइएको छ।  

चितवनमा आगामी आर्थिक वर्ष २०७९/०८० देखि चालक सवारी अनुमति वितरण गर्ने प्रक्रिया सुरु भएसँगै ट्रायल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो।

अध्यक्ष डम्वरबहादुर थापाले नेपालकै सबैभन्दा ठूलो प्रशिक्षण केन्द्र निर्माण भएको दावी गरे। ‘दैनिक १ हजार जना चालकलाई प्रशिक्षण दिन मिल्ने पूर्वाधार बनाएका छौँ,’ उनले भने , ‘टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि छ।’ नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसारको संरचना बनाइएको छ। चितवनका ५ सहित १५ जना युवा उद्यमीहरुको लगानी रहेको छ।

ट्रायल सेन्टर वैशाखको पहिलो सातादेखि सञ्चालनमा आउने छ। २४ सै घण्टा सेवा दिन सक्ने गरी प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइने उनको भनाइ छ। प्रशिक्षण केन्द्रमा दुईचक्के सवारीदेखि हेभी सवारी साधनसम्मको लागि एकैपटक प्रशिक्षण दिन सकिने व्यवस्था मिलाइएको छ।  

मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेवी सवारी, हेभी इक्यूपमेण्टहरु चलाउने सीप सिकाइने छ। यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि १ हजार ५ सय जनालाई प्रयोयात्मक परीक्षा तथा लिखित परीक्षा लिन सकिने क्षमताको रहेको छ। आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दैनिक ३ हजार जनाले ट्रायल परीक्षा दिन मिल्ने गरी प्रशिक्षण केन्द्र बनेको उनले बताए। उनका अनुसार ४ वटा र्याम, एट सेप, एल व्याक, युटर्न पाँच–पाँचवटा बनेका छन्।

यस्तै हम्प ३ वटा, ट्राफिक लाईट ४ सेट लगायतका संरचना बनाइएको छ। प्रशिक्षण केन्द्र असार पहिलो सातादेखि सञ्चालन आउने जनाइएको छ। चितवनमा ३० भन्दा बढी ड्राइभिङ सेन्टरहरु छन्। पूर्वपश्चिम राजमार्गबाट करिव १ किमी पर रहेको प्रशिक्षण केन्द्र केन्द्रीय बस ट्रमिनलबाट ८ सय मिटर दक्षिणतर्फ रहेको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App