१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

हानले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने

होटल एशोसियसन नेपाल (हान) ले ‘एलिमिनेट सिङ्गल युज प्लास्टिक फ्रम होटल रुम्स’ अभियान सुरु गरेको छ। हानले २०२४ को अन्त्यसम्ममा प्रत्येक होटलमा प्रयोग हुने प्लाष्टिक पूर्ण रूपमा अन्त्य गर्ने उद्देश्यले यो अभियान सुरु गरेको जनाएको छ। बुधबार एक कार्यक्रम आयोजना गरी हानले उक्त अभियान सार्वजनिक गरेको हो।

काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोलले हानले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने नीति अघि सारेकोमा खुसी व्यक्त गर्दै महानगरले पनि प्लाष्टिक मुक्त गर्ने अभियानमा सहकार्य गरेर अघि बढ्ने बताइन्। ‘घरको फोहर घरमै समाधान गर्ने गृहकार्य गर्दैछौं, होटल रुमबाट सुरु भएको प्लाष्टिक प्रयोगको अन्त्य घर–घरमा पुगोस्, व्यक्ति–व्यक्तिमा पुगोस्’ उनले भनिन्– ‘जहाँबाट फोहर आउँछ, सकेसम्म त्यहीं व्यवस्थापन गर्न सकेको खण्डमा फोहोरमैलाको दीर्घकालीन अन्त्य गर्न सकिन्छ।’ उपमेयर डंगोलले अबको समय हरित अर्थतन्त्र र हरित सिपको भएको बताउँदै निजी क्षेत्रसँग सहकार्य गरेर फोहोरमैला व्यवस्थापन गर्ने बताइन्।

हानका अध्यक्ष सिर्जना राणाले हाल होटलहरूले अत्यधिक मात्रामा प्लाष्टिकका सामग्री प्रयोग गर्दै आइरहेकोमा हानको पहलमा प्लाष्टिकको प्रयोग अन्त्य गर्ने बताइन्। होटलहरूले वातावरणमैत्री सेवा सुविधा दिई विश्व बजारमा उदाहरणीय बन्नुपर्ने कर्तव्यलाई यस अभियानले मूर्त रूप दिने उनको भनाइ रहेको छ। 

प्रकाशित: २० जेष्ठ २०७९ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App