श्रम ऐन २०४८ ले हरेक २ वर्षमा चिया श्रमिकको पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने स्पष्ट व्यवस्था गरे पनि चिया व्यवसायीको संगठन नेपाल चिया उत्पादक संघ, चिया विकास निगम तथा अन्य सम्बद्ध चिया प्रतिष्ठानहरुले यसमा सामान्य चासोसमेत नदिएपछि आफूहरु सडकमा आउन बाध्य भएको श्रमिक नेताले बताए। निगमअन्तर्गत इलाम र झापामा सञ्चालित ७ कमान र कारखानामा हजार हाराहारी मजदुर छन्। उनीहरुले लामो समयदेखि पारिश्रमिक वृद्धिको माग राख्दै आन्दोलन गर्दै आएका छन्।
'हामीले मजदुरको जीवनयापनस"ग सम्बन्धित ५ सूत्रीय माग जेठ ५ मै सम्बद्ध निकायका पेस गरेका थियौं,' बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा मजदुर अगुवा भूपाल सापकोटाले भने, 'यतिका समय बित्दा पनि मागबारे कुनै चासो नदेखाएपछि आन्दोलनको विकल्प रोज्न बाध्य भएका हौं।' हरेक वर्ष कुनै न कुनै समयमा चिया मजदुर माग लिएर आन्दोलनमा उत्रने गरेको बताउ"दै सापकोटाले आन्दोलन मत्थर गर्न चिया उद्यमीले माग पूरा गरेको आश्वासन दिने तर कार्यान्वयन नगर्ने परम्परा जस्तै हु"दै आएको बताएका छन्।
'उच्च सरकारी अधिकारीको रोहबरमा भएका सहमति समेत चिया उद्यमीले लत्याउने गरेका छन्,' अर्का मजदुर नेता दिपक तामाङ भन्छन्, 'यसले चिया मजदुरको उद्यमीप्रतिको विश्वास उठेको मात्र छैन, आक्रोशित समेत बनाएको छ।' कांग्रेसनिकट नेपाल चिया बगान श्रमिक संघ, एमालेनिकट कृषि तथा बगान क्षेत्र श्रमिक संघ तथा एमाओवादीनिकट अखिल नेपाल चिया मजदुर संघले संयुक्त रुपमा सारेका ५ बु"दे माग पत्रमा हाल मजदुरले पाउ"दै आएको पारिश्रमिकले एउटा परिवारको जीविकोपार्जन गर्न सक्ने अवस्था नरहेको र अरु मजदुरको भन्दा कम रहेको उल्लेख छ।
आन्दोलित मजदुरले अहिले खाईपाई आएको पारिश्रमिक र कारखानामा दिइ"दै आएको अतिरक्ति भत्ता शतप्रतिशत बढाउनुपर्ने, चौकीदार, नाइके, सरदारहरुलाई अतिरिक्त भत्ताको व्यवस्था, पत्ती डबलीमा लामो समयदेखि वृद्धि नभएकाले प्रति केजी डबली ५ रुपैया" कायम गरिनुपर्ने माग राखेका छन्। इलाममा सञ्चालित कन्याम, सोक्तिम, चिलिमकोट र इलाम चिया कमानका मजदुले सम्झौताअनुसार पारिश्रमिक (दैनिक २ सय १ रुपैया") पाउनुपर्ने माग राखेका छन्। मजदुरमाथि निगमले अन्याय गरेको र कसैले नहेरेको उनीहरुको गुनासो छ।
दैनिक अढाइ रुपैया" ज्याला पाउने गरी २०२८ सालमा कमान छिरेकी कन्यामकी चिया मजदुर डोमा लामाले ४४ वर्षमा १ सय ८३ रुपैया" ५० पैसामात्रै ज्याला बढेको दुःखेसो गरिन्। 'श्रीमान–श्रीमती नै कमानको काममा लागेका थियौं, यहीँ जवानी बित्यो तर चित्तबुझ्दो ज्याला कहिल्यै पाइएन,' तीन सन्तानकी आमा ६३ वर्षीया शेर्पाले सुनाइन्, 'दैनिक ७ घन्टाका दरले यस्तै अरु काम गरेको भए लखपति हुन्थ्यौं।' कन्याममै २०४० सालदेखि कार्यरत अर्की मजदुर कुमारी घले अहिले पाइरहेको ज्याला दैनिक १ सय ८६ रुपैया"ले नुन तेल किन्नै नपुगेको बताउ"छिन्।
श्रम ऐन २०४८ अनुसार १ वर्ष अविच्छिन्न सेवा पूरा गरेपछि स्वतः स्थायी हुने व्यवस्था, क्षेत्रफलको आधारमा प्रतिएकड १ जना कामदार अनिवार्य स्थायी गरिनुपर्ने, रोजगारदाता र टे्रड युनियनबीच सहमति भई श्रमिकको परिश्रमिकबाट कट्टा गरिएको सामाजिक सुरक्षा कर, कर कार्यालयमा दाखिला गरिनुपर्ने माग श्रमिकले अघि सारेका छन्। कामदारको पारिश्रमिकबाट कट्टा गरिएको सञ्चयकोष बापतको रकम सञ्चयकोष कार्यालयमा जम्मा गरी कामदारलाई पासबुकको व्यवस्था तथा उपदान कोष स्थापना गरी कामदार तथा कर्मचारीको उपदानको रकम जम्मा गरिनुपर्ने लगायत विषय उल्लेख छ।
आन्दोलनको पहिलो चरण अन्तर्गत मजदुरले भदौ ९ मा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। भदौ १० गतेदेखि चियाका सबै प्रतिष्ठानमा कालो झन्डा गाड्ने, नारा जुलुस गर्ने, कोणसभा गरिरहेका छन्। करिब १८ हजार १ सय ४९ हेक्टर क्षेत्रफलमा चिया खेती छ। साना–ठूला सबै चिया बगान र प्रशोधन कारखानामा गरी करिब ४५ हजार मजदुर आश्रित छन्। वर्षौंदेखि चिया मजदुरीमा आश्रित रहे पनि १० हजार मजदुरले पनि स्थायी रोजगारी नपाएको उनीहरुको गुनासो छ।
प्रकाशित: १३ भाद्र २०७२ २२:०३ आइतबार