१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

साताकाे पहिलाे दिन सुनकाे मूल्य प्रतितोला एक लाख ५ सय

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ५ सय तोकिएको छ।

पहेँलो सुन अघिल्लो दिन प्रतितोला  एक लाख ९ सयमा कारोबार भएकाेमा आज प्रतितोला रु ४ सयले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ४ सय थियो।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३६० कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३१ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: ११ वैशाख २०७९ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App