२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिटिजन्स एटिएमबाट कार्डबिनै पैसा झिक्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कार्डलेस क्यास विथड्र सेवा सुरु गरेको छ। यो सुविधा मार्फत बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन्।

यस प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी सो पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्ट गरी पैसा निकाल्न सकिने बैंकले जनाएको छ।

बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवाको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दती खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाइसी गर्ने जस्ता सुविधा प्रदान गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २५ पुस २०७८ ०१:२९ आइतबार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कार्डबिनै पैसा झिक्न सकिने रकमान्तर गर्ने