१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

दायित्वको नेतृत्व प्रशिक्षण

गैरसरकारी संस्था दायित्वले लुम्बिनी प्रदेशका तीनवटा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासनिक अधिकृत र अन्य अधिकारीका लागि आर्थिक सुशासनका लागि नेतृत्व विषयक प्रशिक्षण दिइएको छ।

नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यले दिइएको दुईदिने प्रशिक्षणमा तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र अधिकारीलाई प्रशिक्षण दिइएको बताइएको छ।

प्रशिक्षणले असल सार्वजनिक नीति, सार्वजनिक सेवामा व्यवहारिक दृष्टिकोण, आन्तरिक युवा रोजगारी, कानुन र स्थानीय विकास, संघीयताको आर्थिक परिकल्पना, तथ्यमा आधारित नीति–निर्माण, सार्वजनिक–निजी साझेदारी, स्थानीय सरकारको वित्त व्यवस्थापनसम्बन्धी मुद्दाप्रति सचेत तथा संवेदनशील बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ पुस २०७८ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App