नागरिक लगानी कोष र अन्नपूर्ण न्युरालोजिकल इन्स्टिच्युट एन्ड एलिड साइन्सबीच कोषका सहभागीलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर शरदहरि गजुरेलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोषका कर्मचारीले न्युरो अस्पतालबाट उपचारसेवा लिँदा हेल्थ प्याकेजमा १५, ल्याबमा १०, रेडियोलोजीमा १०, एम्बुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट पाउने छन्।
प्रकाशित: ४ पुस २०७८ ०३:२७ आइतबार