१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘फुडी उडी’ २४ घण्टा फुड डेलिभरि गर्ने कम्पनी

पछिल्लो समय अनलाइन अर्डरको ट्रेन्ड बढ्दो छ। धेरै कुराको डेलिभरि एक क्लिक मै हुन्छ। सहरमा रहेका कैयौँ अनलाइन डेलिभरिको सर्भिस प्रदान गर्ने मध्ये एक हो ‘फुडी उडी’।

फुडी उडी खानाका परिकार डेलिभरि गर्ने अनलाइन कम्पनी हो। करिब तीन वर्षअघि मात्र सञ्चालनमा आएको यो अनलाइन फुड डेलिभरि कम्पनी काठमाडौँस्थित पेप्सीकोलामा अवस्थित छ।

ग्राहकको अर्डर आएको कम्तिमा पनि ३० मिनेटदेखि ४५ मिनेटसम्म डेलिभरि हुने काठमाडौं ब्रान्चका सञ्चालक ब्रजेश नायकले बताए। उनका अनुसार यस संस्थाका टिमले फुड क्वालिटीमा विशेष ध्यान दिने गरेको छ। २४ घण्टामै सेवामा आबद्ध रहेको ‘फुडी उडी’को मुख्य लक्ष्य नै ग्राहकलाई सक्दो छिटो, मिठो र स्वस्थ खाना उपलब्ध गराउनु रहेका नायकले थपे।  

फुडी उडीमा विशेष ४ प्रकारको फुड मेनु रहेको छ। अफिस प्याकेज(डिमान्ड अनुसार), कम्बो प्याक, किटो मेनु(स्वास्थ्य प्रति विशेष ध्यान राख्नेहरुका लागि), र अफिस प्याकेज फुड(एक सय रुपैयाँबाट सुरु हुनुका साथै निःशुल्क डेलिभरि) गरि चार प्रकारको मेनु विशेष रहेको छ।

स्वास्थ्य मापदण्डको पालना गर्दै यो संस्थाले पेप्सीकोलाबाट आएको अर्डर डेलिभरिको चार्ज समेत निःशुल्क गरेको छ। किचेन स्टाफ, डेलिभरि स्टाफ लगायत सबै कामदारले ग्लोभ्स, मास्क अनिवार्य रुपमा प्रयोग गरिरहेको सञ्चालक नायकले बताए। ग्राहकको खुसी नै हाम्रो संस्थाको चाहाना हो भन्छन् उनी। यसका साथै वातावरणलाई ध्यानमा राख्दै इको प्याकेजिंग कम्पनीले गरिरहेको पनि उनले बताए।  

फुडी उडीको एप समेत रहेको छ। एन्ड्रोयडमा एप तथा आइओएसमा समेत डाउनलोड गरेर प्रयोग गर्न सकिने छ। डिजिटल पेमेन्ट र क्यास इन ह्यान्ड दुबै हुने बताउँदै नायकले भने, कन्डिसन अनुसार डिस्काउन्ट पनि दिइने व्यवस्था पनि रहेको छ।

स्टाटर, नुडल्स, करि, पिजा,बर्गर, मम, चाउमिन, बिरयानी, फ्राइड राइस, खाजा सेट, खाना सेट, काटी रोल्स,किटो मेनु, राइस, फे्रन्च फ्राइज, ब्रेक फास्ट, स्पेसियल मम, पास्ता, ग्रिल्ड परिकार पाइने गरेको छ।

यसका साथै कम्बो प्याकहरु पनि पाइन्छ। फुडी उडीले चाडपर्वमा बिशेष डिस्काउन्ट दिएको नायकले नागरिकलाई बताए। डेलिभरि फुडी उडीले ३ सय ६५ दिन नै सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनीको पहिलो ब्रान्च जनकपुरमा रहेको र अन्य शहरहरुमा पनि खुल्ने तयारीमा रहको नायकले जानकारी दिए।

प्रकाशित: १७ कार्तिक २०७८ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App