१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सर्लाही प्रहरीले बुझायो भन्सार छलीका हजारौँका सामान

भारतसित सीमा नाका जोडिएको सर्लाहीमा विभिन्न नाकाहरुबाट व्यापक तस्करी फस्टाएको गुनासोका बीच सर्लाही प्रहरीले हजारौँको सामान बरामद गरेको छ। बरामद सामानलाई सर्लाही प्रहरीले भन्सारमा बुझाएको छ।  

भारतबाट अवैध रुपमा नेपालमा ल्याइएको विभिन्न किसिमको पटाका सर्लाही प्रहरीले बरामद गरेको छ। भन्सार छलेर ल्याइएको करिब ५२ हजार बराबरको पटाका सर्लाही प्रहरीले बरामद गरेको हो।  

सर्लाहीको प्रहरी चौकी फुलजोरले ईश्वरपुर नगरपालिका १२ बाँके चौकबाट करिब ५० हजार रुपैया मूल्य बराबरको १४ वटा मसला पिस्ने मिक्सचर मेसिन बरामद गरेको छ। भन्सार छली ल्याएको मिक्सचरलाई प्रहरीले भन्सारमा नै बुझाएको छ।

यसैगरी मोहनपुर प्रहरी चौकीले करिब ६५ हजार बराबरको विभिन्न सामान बरामद गरी भन्सार चलान गरेको छ। भारतबाट अवैध रुपमा सर्लाही ल्याइएका ५० किलो लसुन, ४० किलो पास्ता, १२ प्याकेट राज निवास, सुखा नरिवलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार चलान गरेको हो।

यसैगरी सर्लाही प्रहरीले अवैध घरेलु मदिरा भट्टी पनि नष्ट गरेको छ। सदरमुकाम मलंगवा नगरपालिका ५ भाडसर गाउँमा संचालनमा रहेको लोकल मदिरा भट्टीलाई जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा खटेको प्रहरी टोलीले नष्ट गरेको हो।

प्रहरीले तयारी अवस्थामा रहेको करिब साढे चार हजार लिटर मदिरा र करिब दुई हजार लिटर कच्चा पदार्थ पनि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ प्रहरी प्रमुख आएपछि तस्करी नियन्त्रणमा केही सक्रियता देखिएको छ।

प्रकाशित: १४ कार्तिक २०७८ १३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App