१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अर्थ

गभर्नरलाई अर्थमन्त्रीको फोन: पुँजी बजारमा सुधार गर्न के गर्नुपर्ने हो, गरिदिनुस्

शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ।  

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोबवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन्।

सो क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन्  उनले कहाँ ? के सुधार गर्नुपर्ने हो ? त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन्।  

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन्।

प्रकाशित: २१ भाद्र २०७८ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App