१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सशस्त्र प्रहरीद्वारा एक वर्षमा सवा ५ करोडको अवैध सामान बरामद

सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ। सीमा सुरक्षा लगातयका आफ्नो नियमति कामसहित गत आर्थिक वर्ष सशस्त्र प्रहरीले ५ करोड २३ लाख ८ हजार २७० रुपैयाँको अवैध मालसामान लगातयका बस्तुहरु बरामद गरेको हो। 

नेपाल प्रहरीले पनि सो अवधिमा ५ करोड ७० लाखको अवैध मालसामान बरामद गरेको थियो। सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्की अनुसार गत वर्ष भारतबाट चोरी नाका हुँदै जिल्ला भित्र्याइएका १ करोड ६३ लाख ७९ हजारको मालसामान जफत गरी भन्सार बुझाइएको थियो। यस्तै सवारी साधनबाट १ करोड २२ लाख ६७ हजार, अवैधरुपमा भित्र्याइएको ७६ लाख ७३ हजारको पशुपंक्षी बरामद भएको थियो। 

यस्तै १ करोड १९ लाख ६८ हजार ६४० रुपैया प्रतिन्धित नोट, ३३ लाख ९२ हजार काष्ट तथा बन पैदावार २ लाख १३ हजारको विस्फोटका पदार्थ, ४ लाख ९३ हजारको नदीजन्य पदार्थ बरामद गरिएको थियो।‘ हामीले सीमा सुरक्षासँगै चोरी तस्कारी समेत नियन्त्रण गर्ने प्रयास गरेका छौ,’ सशस्त्र प्रहरी उपरीक्षक कार्कीले भने, ‘९९ किलो मिटर लामो सीमाको सुरक्षा र चोरी तस्कारी नियन्त्रण गर्ने कार्य निकै चुनौतीपूर्ण छ।’ चोरी तस्कारी र सीमा अपराध रोक्न सशस्त्र प्रहरी र भारतीय एसएसबीले संयुक्त सुरक्षा गस्ती समेत गर्ने गरेको छ। 

गत वर्ष सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाई गर्दा सुठौली भन्सारको लक्ष्यको करिब दोब्बर एक अर्ब ५१ करोड तथा कृष्णनगर भन्सारको लक्ष्यको ७ प्रतिशत बढी ५ अर्ब ७३ करोड राजस्व समेत सकलन भएको छ। यस्तै सशस्त्र प्रहरीले गत वर्ष भरुवा बन्दुक र बारुद सय ग्राम, कटुवा पेस्तोल एक र गोली ५ राउन्ड तथा ५ जना मानिस पक्राउ गरेको थियो। 

४ केजी अफिम, ६१ ग्राम ब्राउनसुगर, अन्य लागुपदार्थसहित ५ जना पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको थियो। आगलागी, बाढी, सवारी दुर्घटनामा परेकोहरुको उद्धार समेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए।

प्रकाशित: २ भाद्र २०७८ १५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App