६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपालमा स्कोडा कुसाकको बुकिङ सुरु

बहुप्रतीक्षित एसयुभी स्कोडा कुसाकको नेपालमा बुकिङ सुरु भएको छ। एसयुभी कुसाकको मूल्य भारतमा सार्वजनिक भएलगत्तै नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको घोषणा गरेको छ।

नेपालमा कुसाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ। स्कोडा कुसाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो जसका कारण यसको मूल्य नेपाल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। नयाँ एसयुभी फक्सवागनको एमक्युबी–एओ–आइएन प्लेटफर्ममा बनाइएको हो।

कुसाक स्कोडाको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत सार्वजनिक गरिएको पहिलो एसयुभी हो। नेपालमा १.० लिटरको टिएसआई पेट्रोल इन्जिन भएका कुसाक भित्रनेछन्। टिएसआई इन्जिन बहुप्रतीक्षित इन्टरनेसनल इन्जिन अवार्ड हासिल गर्न सफल इन्जिन हो। यस अवार्डलाई अटोमोबाइल क्षेत्रका ओस्कार जस्तै मानिन्छ। यो इन्जिनले ११५ बिएचपी पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन बेस्ट इन क्लास भएको दाबी विज्ञप्तिमा गरिएको छ। टिएसआई इन्जिन म्यानुअल र अटोमेटिक दुवैमा उपलब्ध हुनेछ। यो ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ। साथै यसको ह्विलबेस २६५१ एमएम छ, जुन सेग्मेन्टकै सबैभन्दा बढी हो। कुसाकको ग्राउन्ड क्लेरेन्स १८८ एमएम छ।

नयाँ कुसाकमा टू–स्पोक स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरूफ, भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मल्टिफङ्क्सन स्टेरिङ, हिल्ड होल्ड कन्ट्रोल, किलेस इन्ट्री स्टार्ट एन्ड एक्जिट सिस्टम जस्ता फिचर हुनेछन्।

यसमा ६ वटा एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटोहेडल्याम्प एन्ड वाइपर, मल्टी कोलिजन ब्रेकिङ सिस्टम रहने छन्। सबै भेरियन्टमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक रहनेछ।

नयाँ कुसाक तीन ट्रिम–एम्बिसन, एक्टिभ र स्टाइलमा क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनी ओरेन्ज र टोर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध हुनेछ। भारतमा १० लाख ५० हजारदेखि १७ लाख ६० हजार भारुसम्म मूल्य राखिएको नयाँ कुसाकको मूल्य नेपालमा ५० देखि ६५ लाख रूपैयाँको बीचमा रहने अनुमान छ। कुसाकको प्रतिस्पर्धा हुन्डाई क्रेटा र किया सेल्टोससँग हुनेछ।

प्रकाशित: १६ असार २०७८ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App