२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आधा आन्तरिक उडान सुरु गर्ने निर्णय

सरकारले निषेधाज्ञापूर्वको तुलनामा आधा आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको हो। उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। उडान खुल्ने समय तोक्ने जिम्मा पनि सोही मन्त्रालयलाई दिएको छ।

जनस्वास्थ्य मापदण्ड अपनाएर नियमित अन्तर्राष्ट्रिय उडान पनि थप्ने निर्णय भएको छ। जसअनुसार काठमाडौं–दोहा सेक्टरमा हप्तामा नेपाल वायुसेवा र कतार एयरवेजका २–२ उडान हुनेछन् ।यस्तै, काठमाडौं–टर्की सातामा दुई, काठमाडौं–युएई सातामा चार, काठमाडौं–दमाम दुई, काठमाडौं–कुवेत सिटी दुई, काठमाडौं–ओमन एक उडान गर्ने निर्णय भएको छ।

त्यसैगरी, काठमाडौं–मलेसिया सातामा चार उडान हुनेछ। काठमाडौं–दक्षिण कोरिया सातामा एक उडान हुनेछ। काठमाडौं–जापान सातामा एक उडान हुनेछ। काठमाडौं–चीन सातामा चार उडान गर्ने निर्णय सरकारले गरेको छ।

प्रकाशित: ९ असार २०७८ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App