९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

प्लास्टिक रिसाइक्लिङमा कोका–कोला

कोका–कोला नेपालले वल्र्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ। कम्पनीले उक्त अवसरमा विश्वकै सबैभन्दा ठूलो हिमाल सफाइ कार्यक्रमको दोस्रो संस्करण अन्तर्गत ‘सफा हिमाल अभियान २०२१’ समापनको घोषणा गरेको छ।

कम्पनीका अनुसार हिमालमा रहेको २७ हजार ६ सय ७१ किलोग्राम फोहोर, चारवटा मृत शरिर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालबाट संकलन गरिएको छ र थप सेग्रिगेसन तथा रिसाइक्लिङको लागि काठमाडौंमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाली सेनाको नेतृत्वमा कोका–कोला र अन्य बहु–सरोकारवालाको सहयोगमा रहेको अभियानको मूल उद्देश्य हिमालहरूको संरक्षण गर्नु रहेको छ। सोही अनुसार देशका ६ वटा उच्च चुचुरा सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्न सघाउ पुगेको कम्पनीको दाबी छ। कोका–कोला नेपालले प्राकृतिक गौरव तथा सौन्दर्य संरक्षणका लागि काम गर्ने उद्देश्यले सन् २०१९ मा स्थापना भएदेखि हिमालय सफाइ अभियानलाई सहयोग गर्दै आएको छ।

वल्ड विथआउट वेस्ट कार्यक्रम सन् २०१८ मा लन्च गरिएको थियो। यो कार्यव्रmम सन् २०३० सम्ममा सेल्सको १०० प्रतिशतको प्याकेजिङ बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको विश्वव्यापी प्रतिबद्धता हो।  

नेपालमा कम्पनीले स्थानीय एप्रोचलाई प्रयोग गरेर विश्वव्यापी दृष्टिकोण र लक्ष्य हासिल गर्ने प्रयास गरिरहेको छ र हाम्रो बोटलिङ पार्टनर, सरकार, गैरसरकारी संस्था, उद्योगका साथीहरू र स्थानीय समुदायलाई डिजाइन–कलेक्ट–पार्टनर फ्रेमवर्क प्रयोग गरेर दीर्घकालीन साझेदारी निर्माण गर्न पहुँच दिएको छ।

प्रकाशित: २४ जेष्ठ २०७८ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App