संयुक्त अरब ईमिरेट्स (यूएई) सरकारले मे १२ अर्थात् बुधबार राती १२ बजेदेखि नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगाएको छ।
नेपालसंगै यूएई जान प्रतिबन्धित लगाएको राष्ट्रहरु बंगलादेश, पाकिस्तान र श्रीलंका रहेको छ। यो निर्णय सोमबार यूएई सरकारले गरेको हो।
गल्फ न्यूजका अनुसार कोरोना भाइरस संक्रमण फैलिरहेको बेला यी देशका नागरिकहरुलाई अनिश्चत समयको लागि प्रवेश निषेध गरिएको छ।
प्रकाशित: २७ वैशाख २०७८ १०:३८ सोमबार