१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
अर्थ

वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

नेपाल राष्ट्र बैंकले वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द हुने जनाएको छ। केन्द्रीय बैंकले मंगलबार एक सूचना प्रकाशित गर्दै कसैसँग कतारी रियाल भए सो अवधिभित्रै सटही गरिसक्न भनेको छ।

त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ। कतारको केन्द्रीय बैंकले आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको राष्ट्र बैंकको भनाइ छ। सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो। 

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ।  

प्रकाशित: ८ वैशाख २०७८ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App