१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनको आपूर्ति बढाउने निर्णय छिट्टै : अर्थमन्त्री पौडेल

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक बनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न सरकार तयार भएको हो।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरूसँग बुधबार सिंहदरबारमा भएको भेटकाक्रममा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताए। उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको जनाउँदै केही दिनभित्रै यस विषयमा निर्णय हुने जनाएका छन्।  

माग र आपूर्तिबीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका विषयमा व्यवसायीसँग चासो राखेका थिए। त्यस क्रममा सभासद एवं महासंघका सल्लाहकार छविलाल बिश्वकर्माले व्यवसायीलाई परेको अप्ठेराका विषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए।  

त्यस क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे। उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको उल्लेख गरे। अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए। आवश्यकता अनुसार कच्चा सुन सहज रूपमा उपलब्ध नहुँदा बजारमा अवैध रूपमा सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उनको भनाई छ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ। लकडाउनअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो।  

यसैबीच, आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदीको क्षेत्रबाट समुट्नुपर्ने विषय समेटिएको सुझाव समेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App