प्रिमियम मोटरसाइकल ब्रान्ड केटिएमले बिएस६ मोडलको २०२० रेन्ज लन्च गर्ने घोषणा गरेको छ । केटिएम २०२० डुकलाई पूरै तवरले अपग्रेड गरिएको १२९० सुपर ड्युक—आरबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । यस बाइकको एकदमै नयाँ अनि ज्यादै हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्यांक र हेडल्याम्पका साथ अपग्रेड गरिएकोसमेत कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो बाइक डुअल–च्यानल एबिएस र एलइडी डिआरएलएस जस्तो एकदम नयाँ सुविधाहरूले भरिपूर्ण समेत कम्पनीले दाबी गरेको छ । यी नयाँ सुविधाहरूको साथै यस बाइकमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कुल्ड, डिओएचसी, ४–भल्भ इन्जिन, अत्याधुनिक इन्जेक्सन इलेक्ट्रोनिक्स, उन्नत डब्लुपी सस्पेन्सन तथा आकर्षक देखिने स्विंगआर्म जस्तै उच्च प्राविधिक क्षमता भएको कम्पनेन्ट रहेको जनाइएको छ । फ्यूल क्षमतालाई ध्यानमा राख्दै १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ भने अरेन्ज र सिरेमिक ह्वाइटमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
बाइकको सुरुको मूल्य पाँच लाख ३९ हजार नौ सय कायम गरिएको छ । यस बाहेक अब क्विकसिफ्ट प्लसको साथमा उपलब्ध हुने समेत कम्पनीले जनाएको छ । २०२०, केटिएम ३९० ड्युक मूल्य आठ लाख ४९ हजार नौ सय रूपैयाँमा सोरुममा उपलब्ध हुनेछ । यो बाइक सिल्वर मेटालिक र सेरेमिक ह्वाइटमा उपलब्ध हुनेछ । २०२० केटिएम २५० ड्युकको स्ट्यान्डर्ड बाइक सुपर मोटोको साथ डुअल–च्यानल एबिएसले सुसज्जित छ । यो मोडल सिल्भर मेटालिक र डार्क गैलभानोको साथ ६ लाख ३९ हजार नौ सय रूपैयाँमा उपलब्ध हुनेछ ।
प्रकाशित: ३० भाद्र २०७७ ०३:२८ मंगलबार