एनआईसी एसिया बैंकले गत चैत महिनायता तिर्न बाँकी सावाँ ब्याज असार मसान्तभित्र भुक्तानी गरेका ऋणीलाई आगामी आवको साउन महिनादेखी ९ दशमलव ९९ प्रतिशत ब्याजदर निर्धारण गरिने जनाएको छ। मासिक तथा त्रैमासिक किस्ताबन्दीका कर्जा, चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका प्रवाह भएका कर्जा लिएका ऋणीले सो अवधीमा किस्ता तथा ब्याज भुक्तानी गरे आगामी आवदेखी ९ दशमलव ९९ प्रतिशत ब्याजदर कायम गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट पाउँने छन्।
ऋणीहरूले वैशाख तथा जेठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दिईने बैंकले जनाएको छ।
बैंकले कर्जा सहायता केन्द्रको स्थापना कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधान गर्दै आएको छ।
त्यसैगरी, ग्राहकले बंैकको ९८०१२२७७५५ नम्वरमा मिस्डकल गरी वा हेप्ल लाइन टाइप गरी ३४४८८ मा एसएमएस मार्फत बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको फाराममा कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गर्न सकिने भएको छ। कर्जा सहायता केन्द्रमा सम्पर्क गरेका ग्राहकको समस्या २ दिनभित्र समाधान गरिने जनाएको छ।
यस योजना अनुसार ग्राहकले जुनसुकै स्थान र माध्यमबाट जुनसुकै समयमा पनि आफ्नो कुरा राख्न सक्ने व्यवस्थालाई प्रभावकारी तथा ग्राहक मैत्री बनाउँने योजनामा बैंक रहेको छ।
बैंकका ८ शदमलव २५ प्रतिशत ब्याजदर र प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजनाहरू सञ्चालनमा छन्। त्यसैगरी, २१ लाख भन्दा बढी ग्राहक पुगेको बैंकले मुलुकभरी ३ सय २६ शाखा कार्यालय, ४ सय ६४ एटिएम, १ सय १ वटा एक्स्टेन्सन काउण्टर र ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा सञ्चालन गर्दै आएको छ।
प्रकाशित: २४ असार २०७७ ११:२७ बुधबार