अजोड इन्स्योरेन्सको आइपिओ (प्राथमिक शेयर) असार २५ गतेदेखि खुला हुने भएको छ । अजोडले एक सय रुपैयाँका दरले ३० लाख कित्ता (३० करोड रुपैयाँ) बराबरको आइपिओ निष्कासन गर्ने भएको हो ।
३० लाख आइपिओमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
अजोडको आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि असार २९ गतेसम्म आवेदन दिन सकिने र त्यस अवधिमा सबै आइपिओका लागि आवदेन नपरेमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ दिइएको छ ।
अजोडको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
प्रकाशित: १७ असार २०७७ ०६:३७ बुधबार