१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

बढ्यो सुनको भाउ

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ।  

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार ८६० रुपैयाँ निर्धारण  गरिएको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको छ। एक तोला चाँदीको मूल्य ९४५ रुपैयाँ तोकिएको छ। कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो। 

प्रकाशित: १४ असार २०७७ ०९:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App