२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

निर्यात गृह खोल्न माग

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योगहरूबाट उत्पादित बस्तुहरू स्थानीय निकायमा उपभोग गर्नुको साथै स्वदेश तथा विदेशमा बिक्री वितरण गर्न निर्यात गृह खोल्न काठमाडौं महानगरपालिकालाई स्थान उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानको नेतृत्वमा महासचिव डम्बरप्रसाद रेग्मी, केन्द्रिय कोषाध्यक्ष सत्यनारायण प्रजापति, प्रदेश उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र काठमाडौं अध्यक्ष सीता कार्कीलगायतका प्रतिनिधिमण्डलले शनिबार काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यसंग उनकै कार्यकक्षमा भेट गरेको छ । भेटमा महासंघको सुझाव  तथा प्रस्ताव पत्र हस्तान्तरण गरियो ।  

काठमाडौ जिल्ला, बाग्मती प्रदेश र नेपालभित्र रहेका लघु घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका बस्तुहरूको स्थानीय निकायमा प्रयोग गर्नुपर्नेमा काठमाडौ महानगरपालिकाबाटै शुरुवात गर्न पनि अनुरोध त्यस अवसरमा गरियो । काठमाडौ महानगरपालिकाका मेयर श्याक्यबाट महासंघकोतर्फवाट गरिएको प्रस्तुतीकरणलाई गम्भीरताका साथ ग्रहण गरेको जनाइएको छ । मेयर शाक्यले महानगरपालिकाले महासंघसंग पहिलादेखि नै सहकार्य गर्दै आइरहेको स्मरण त्यस अवसरमा गरे । उनले आगामी दिनहरूमा पनि महासंघसंग सहकार्य गर्दै जाने बिश्वास दिलाए ।  

आ.व ०७७।७८ को नीति तथा कार्यक्रम बनाउदै गरेको ठीक समयमा नेपाली उत्पादनहरुको बिक्री वितरण तथा स्थानीय उपभोगबारेमा राम्रो प्रस्ताव ल्याएकोमा महासघंलाई मेयर शाक्यले धन्यवाद पनि दिए । उनले नीति तथा कार्यक्रममा माहासघंको सुझाबहरू समेटिन कोसिस गर्नसक्ने जानकारी गराए । महासघले लघु, घरेलु तथा साना उद्यम व्यवसायलाई राहत दिनुपर्ने, स्टीमुलस प्याकेजलाई चक्रीय कोषको स्थापना गर्नुपर्ने, लघु, घरेलु तथा साना उद्यमि व्यवसायिहरुलगायत महानगरपालिकाभित्रका करदाताहरुलाई कर छुटको व्यवस्था गर्नु हुन, राजश्व प्रशासनलाई करदाता मैत्री बनाउनुपर्ने, महानगरपालिकाका क्षेत्रभित्रका उद्यम व्यवसायहरुलाई थप व्यवस्थित गर्ने आदि बुँदागत सुझाब पनि बुझाएको थियो । ती बुँदाहरु महानगरपालिकाको नीतिमा समावेस गरिदिन अनुरोध गरिएको थियो ।  

आगामी दिनहरुमा सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत महासंघसंग निकटतम सहकार्यको निरन्तरता दिंदै लघु, घरेलु तथा साना उद्योगको विकास तथा प्रवर्धनका लागि कार्यक्रम संचालन गर्नु विश्वास त्यस अवसरमा लिइएको थियो । साथै सार्वजनिक निजी सम्वादको नीति अपनाई महासंघको सहकार्यमा प्रभावकारी कार्यान्वयन गरिनेछ भने महासँघले बिश्वास गरेका छ । लघु, घरेलु तथा साना उद्योगहरू नै देशलाई आत्मनिर्भरतातिर अग्रसर गर्न नभई नहुने उघोगीहरू हो भने कुरा बिकसित राष्ट्रहरूको इतिहासले बताएको त्यस अवसरमा बताएको थियो ।

प्रकाशित: ६ असार २०७७ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App