२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्वरोजगार बनाउन तथ्याङक संकलन सुरू

वैदेशिक रोजगारीबाट फर्केर आएका युवाहरूलाई उद्यमी बनाउने उद्देश्यले प्रदेश १ को सरकारले तथ्याङक संकलन सुरू गरेको छ। प्रदेश सरकारले सुरू गरेको तथ्याँक संकलन तथा फर्म भर्ने प्रणालीको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज उद्घाटन गरे। 

उद्घाटन कार्यक्रममा मुख्य मन्त्री राईले प्रदेश सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई स्वदेशमै उद्यमी बनाउने उद्देश्यले तथ्याँक संकलन सुरू गरेको जानकारी दिए। उनले भने‘अब, विदेश जानु नपर्ने अवस्था सृजन गर्न प्रदेश सरकारले काम सुरू गरेको छ।’ आगामी आर्थिक वर्षको बजेटछमा पनि प्रदेश सरकारले रोजगारीलाई प्राथमिकतामा राखको उनले बताए।  

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उद्यमी बनाउने उद्देश्यले प्रदेश योजना आयोगको अगुवाईमा सर्भेक्षण तथा तथ्याँक संकलन थालिएको योजना आयोग प्रदेश १ का उपाध्यक्ष सुवोधराज प्याकुरेलले जानकारी दिए। उनले आजै देखि फर्म भरेर विबरण संकलनमा प्रदेश सरकारलाई सहयोग गर्न आग्रह पनि गरे। प्याकुरेलले युवाहरूलाई सिप, रुची र क्षमताका आधारमा बैंक मार्फत सौलियतमा ऋणको व्यवस्था गरिने बताए। सौलियतदरमा प्रदान गरिएको ऋण किस्तावन्दीमा तिर्नुपर्ने र ऋण तिरिसकेपछि सावाँ तथा व्याज दुबै ऋणीलाई नै फिर्ता गर्ने सरकारको योजना रहेको प्याकुरेलले जानकारी दिए। प्रदेश सरकारले आफ्नो वेवसाइटमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको रुची र सीपका विषयमा जानकारी लिने उद्देश्यले प्रश्नावलीसहितको फर्म भर्ने व्यवस्थासमेत  गरेको छ।

 

प्रकाशित: २७ जेष्ठ २०७७ १५:४५ मंगलबार

रोजगारी